spot_img

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारीःआजै सानो आकारको मन्त्रिमण्डल बनाइने

spot_img

काठमाडौं,सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधि भने देखिएका छैनन् ।सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको सहभागी हुने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बतायो । माओवादी अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे शपथ ग्रहण गर्दैछन् । आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने उनको तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषदमा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय पनि गरेको छ। श्रेष्ठले सम्हाल्ने मन्त्रालयबारे टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ कार्यक्रम राखिएको छ। रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img