असई गोविन्दको हत्या तस्करहरूबाटैः प्रहरी स्रोत

कैलाली, प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या तस्करहरूले गरेको खुलेको छ। अवैध मालसामान ओसारपसारमा अवरोध भएपछि तस्करहरूले घरेलु हतियार फरूवा प्रहार गरी गोविन्दको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ।

धनगढी उपमहानगरपालिका १२, जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज असई विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार राति गस्तीमा गएको बेला वडा नम्बर १० जुगेडाबाट बेपत्ता भएका थिए । असई विकको शव मोहना नदीको बीच भागमा फेला परे पनि उनीसँगै रहेका प्रहरी जवान साउँदको अवस्था भने अज्ञात छ।

भारतीय गाउँ सलियापार र वनकट्टीसँगै जोडिएको मोहना नदीको घाट भएर तस्करी गर्नेहरूबाट असई विकको निर्मम तरिकाले हत्या भएको प्रहरी स्रोतले बताएको छ। तर, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले प्रहरी हत्यारा नजिकै पुगिसकेको भए पनि थप अनुसन्धान बाँकी रहेकोले अहिले केही भन्न नमिल्ने बताए।

यसैबीच प्रहरीले गयराति थप तीनजनालाई पक्राउ गरेको छ। योसँगै पक्राउ पर्नेको संख्या १६ पुगेको छ । स्रोतका अनुसार पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता भएको स्वीकार गरिसकेका छन् । घटनामा संलग्न भएका ६ जना र अन्य १० जनालाई छुट्टाछुट्टै राखेर प्रहरीले बयान लिइरहेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय...

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको...

कांग्रेस अझै अन्योलमा

काठमाडौँ — कांग्रेसमा प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक’ कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति भने विभाजित बनेको छ । जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रपछि शनिबार...

प्रधानमन्त्रीको ’शंकास्पद’ पत्रले ल्याएको तरंग

प्रतिनिधि सभा विघटनको सिफारिस गरेर राष्ट्रपतिलाई मन्त्रिपरिषदले पत्र पठाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको ’शंकास्पद’ पत्रले अदालतभित्र र बाहिर तरंग पैदा गरेको छ। सर्वोच्च...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -