spot_img

प्रचण्ड प्रधानमन्त्री भएलगत्तै ३५ महिनापछि रसुवागढी नाका खुल्ला

spot_img

काठमाडाैँ,३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीन निर्यात
रसुवा । झन्डै ३५ महिनापछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात भएको छ ।कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार हिजो करिब ५० लाख नेपाली रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

बाँसका मुढा, ह्यान्डिक्राफ्ट र तामाका सजावटका सामानलगायतका वस्तु चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत भने २०७६ माघ १५ देखि नै बन्द थियो । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img