spot_img

कविलासी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img

काठमाडौँ, सर्लाहीको कविलासी  तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।सर्लाही कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार यादव, इन्जिनियर ,निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

कवलासी नगरपालिका वडा नम्बर –८ स्थित रामजानकी मन्दिर निर्माणकाक्रममा वास्तविक कार्यभन्दा बढि कार्य भएको गलत विल बनाइ रकम हिनाहिना गरेको पाइएपछि निमित्त प्रशासकीय अधिकृत श्यामकुमारसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

मन्दिर निर्माणका क्रममा रकम हिनामिना गरेको उजुरी परेको र सोही उजुरीका आधारमा अनुसन्धान गर्दा ९७ हजार ८४० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img