काठमाडौं, जबर्जस्तीकरणी अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा राािखएको छ ।बिहीबार उच्च अदालत पाटनमा पुरावेदनको पेसीमा रहेपनि हेर्न नभ्याइने सूचमाी राखिएको हो । न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा उक्त मुद्दा परेको थियो ।
गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी तीन थरी विवरण आएपछि उमेरको अभिलेख झिकाउने आदेश दिएको थियो ।
आरोपी लामिछाने पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै उमेरसम्बन्धी अभिलेख झिकाउनुपर्ने माग राखेको थियो । उमेरसम्बन्धी विवाद भएपछि पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिइएको थियो ।