spot_img

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

spot_img

काठमाडौं, गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। शनिबार बिहान उनी प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे छलफल गरेका छन्। उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको छ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उच्चस्तरीय संयन्त्रको संयोजक बनाउने निर्णय गरेको थियो। एमाले महासचिव शंकर पोखेलका अनुसार सत्ता साझेदार दलले सरकारसँग समन्वयका लागि एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइएको हो। उक्त संयन्त्रमा नयाँ सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताहरू रहनेछन्।

सत्ता साझेदार दलको संयन्त्रले पाँच दिनभित्र सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्ने भएको छ। पोखरेलका अनुसार नयाँ सरकारका न्यूतनम साझा कार्यक्रम तय गर्न एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा समिति गठन भएको छ।

समितिमा माओवादी केन्द्रबाट वर्षमान पुन र रास्वपाबाट डा. मुकुल ढकाल, राप्रपाबाट डा. धवलशमशेर राणा रहने भएका छन्। समितिमा जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीबाट पनि सदस्य थपिने भएका छन्। बैठकमा उनीहरूको उपस्थिति नभएको कारणले सदस्य नतोकिएका हो।

एमालेको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। बालकोटको बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन्। यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img