काठमाडाैँ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय अन्तिम समयमा मात्र लिइने बताएका छन् ।युवा संघ नेपालको आज भएको कार्यक्रममा नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्नेभन्नेबारे अहिले नै बोल्न हतारो हुने बताए ।
प्रचण्डले प्रतिनिधिसभामा २६ पुसमा विश्वासको मत लिँदै छन् । नेपालले त्यही दिन निर्णय लिइने सम्भावना व्यक्त गरे ।सरकारबारे बोल्न हतार नभएको बताएका नेपालले भने, ‘विश्वासको मत लिने दिन २६ गते हो । त्यही दिन निर्णय लिए हुँदैन ? अहिले सस्पेन्समै रहोस् ।रासस