spot_img

सन्दीपको पुनरावेदन आजपनि स्थगित्

spot_img

काठमाडौं, बलात्कारको आरोपमा पूर्पक्षमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइका लागि आज तोकिएको पेशीपनि स्थगित भएको छ। सन्दीपका कानून व्यवसायीका अनुसार आफ्नै टीमका कानुन ब्यवसायी बिरामी परेकोले आजको पेशी स्थगित भएको हो ।

आफूलाई पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गरेको पुनरावेदन आज तेस्रो पटक सरेको हो। पहिलो पटक र यो पटक सन्दीपकै कानून व्यपासायीले स्थगित गरेका हुन् भने दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेको थियो।केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायको पक्षमा हिजामात्रै क्रिकेटहरु शरद भेषवाकर, आरिफ शेखलगायतले बोलेका थिए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img