spot_img

पुलमा पनि सिन्डिकेटः”रूकुमकाे तल्लु बगर जहाँ डाेल्पा लैजाने ढुवानीका सामानमाथि विभेद गरिन्छ”

spot_img

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने तल्नुबगरमा राखिएको होमपाइपको पुल तर्न पनि सिन्डिकेट गरिएको छ। सडक डिभिजन चौरजहारीसँग समन्वय गरेरै नेपालगन्ज देखि सीधा निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा डोल्पा आउने सवारीसाधन आवागमन गर्न रोक लगाइएको हो।

तर, रुकुम पश्चिमको गोतामकोट गाउँ जोड्ने बाटो कालोपत्रेका लागि स्थानीय ठेकेदार सन्देश केसीलाई निर्माण सामग्री ढुवानी गर्न भने दिइएको छ। रुकुम, जाजरकोटका स्थानीय कामदार र जग्गाधनीले नेपालगन्ज दाङ, काठमाडौं र सुर्खेतबाट सीधै आउने मालवाहक गाडीलाई तल्नुबगरमा राखिएको होमपाइपको पुलबाट गाडी पास गर्न नदिएको डोल्पाका ढुवानी व्यवसायी खिमबहादुर सिंहले जानकारी दिए। स्थानीय ठेकेदारका मात्र मालवाहक गाडीलाई पुल पार गर्न दिन डोल्पा आउने गाडीलाई नदिने गर्दा डोल्पाली उपभोक्ता महँगीको मारमा परेको उनले बताए।

गाडी रोक्दा डोल्पामा सामान महँगो

तल्नुबगरमा स्थानीय कामदार र जग्गाधनीने मालवाहक गाडीलाई पुल तर्न नदिएपछि डोल्पामा दैनिक उपभोग्य सामान महँगिएको छ। नेपालगन्ज, दाङदेखि सीधै १० रुपैयाँ प्रतिकिलोमा आइपुग्ने सामान अहिले बाह्रदेखि अठार रुपैयाँसम्म सर्वसाधारण तिर्न बाध्य भएका छन्। तल्नुबगरमा स्थानीय कामदारले अवरोध गरेपछि एउटा ट्रकको मात्र सामान लोड–अनलोड गर्नुपर्दा डोल्पाली उपभोक्ताहरूले किन्ने सामानमा प्रतिकिलो दश रुपैयाँसम्म मूल्य जोडिने अर्का व्यापारी हेमन्त खत्रीले बताए।

स्थानीय जग्गाधनी र कामदारको माग के छ, तीनै जिल्लाका जनप्रतिनिधि र प्रहरी प्रशासनले जतिसक्दो छिटो छलफलबाट समाधान गर्नुपर्ने उनको भनाइ छ। अहिले नेपालगन्जबाट सीधै सामान ल्याउँदा तल्नुबगरमा झारेर पुन पारिपट्टि अर्को गाडीमा हालेर सामान डोल्पा पठाउन पर्ने व्यापारीलाई बाध्यता छ। तल्नुका स्थानीयको अवरोध हटेपछि नेपालगन्ज, दाङलगायतका विभिन्न जिल्लाबाट मालवाहक गाडी डोल्पा पुग्ने र छिटो छरितो, सस्तो मूल्यमा, टुटफुट नभएर सामान पुग्ने डोल्पाका व्यापारीको भनाइ छ।

अवरोध भए प्रशासन लाउँछौँ ः रुकुम पश्चिम र जाजरकोटका सिडियो

सरकारीस्तरबाट सहयोग समन्वयमा बनाइएको होमपाइपको पुलमा सवारीसाधन आवतजावत गर्न स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न नहुने रुकुम पश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीले बताएका छन्। रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले सार्वजनिक पुलमा अवरोध गर्न नहुने बताए। डोल्पासम्म पुग्ने सवारीसाधन आवतजावत गर्न जसले रोक्छ, त्यसलाई कारबाही गरिने बताए।

‘रुकुम पश्चिमको हकमा पुल तर्न नदिने व्यक्ति वा समूहको नाम दिए कारबाही गर्छाैँ, यसअघि होमपाइप राख्दा पनि स्थानीयबाट अवरोध भएको थियो तर, प्रशासनको समन्वयमा राखिएको हो,’ घिमिरेले भने। ‘हामीलाई केही थाहा छैन, मालवाहक सवारीसाधनलाई स्थानीयले रोक्न पाइँदैन, त्यस्तो गरेको पाइपमा त्यहाँ भएको प्रहरी चौकीलाई निर्देशन दिएर समात्न लगाउँछौँ,’ पुल तरे बापत पैसा दिने लिने दुवैलाई कारबाही गर्ने उनको भनाइ छ। त्यस्तै, जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले तल्नुबगरमा मालवाहक सवारीसाधन आवतजावत गर्न कुनै समस्या नभएको बताए।

स्थानीयवासीले पुलमा अवरोध गर्न नहुने र गरेमा कारबाही गरिने उनको भनाइ छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले रुकुम जाजरकोटका प्रशासकसँग समन्वय गरेर तत्काल सीधा मालवाहक सवारीसाधन आउने वातावरण बनाउने बताए। रुकुम पश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीसँग यस विषयमा समन्वय भइरहेकोसमेत उनले जानकारी दिए।

पैसा असुलको माग गर्दै वडामा निवेदन

ढुवानी सेवा प्रदायक सवारीधनीले सामान बोकेको पैसा नदिँदा पुल अवरुद्ध गरेको स्थानीय कामदारले बताएका छन्।पैसा असुलको माग गर्दै ५३ जना कामदारले आठबिसकोट नगरपालिका १२ नम्बर वडा कार्यालयमा निवेदनसमेत दिएका छन्। नेपालगन्जदेखि डोल्पा सीधा सामान ढुवानी गर्ने उद्देश्यले होम पाइप राख्दा स्थानीय हेमन्त विष्टले आठ लाख रुपैयाँ नपाएको भन्दै रकम असुलका लागि वडामा निवेदन दिएको वडासचिव रामप्रसाद शर्माले जानकारी दिए।

पैसा नदिने पक्ष उपस्थित नभएका कारण आज छलफल हुन नसकेको उनको भनाइ छ। ‘स्थानीय कामदार मात्र नभई जग्गाधनीले पनि अवरोध गरेको बुझिएको छ, जग्गाधनीले केही महिनाका लागि मात्र चल्ने गरी डिटेल सर्भेविनाको व्यक्तिगत जग्गामा बाटो परेको भन्दै गुनासो गरेका छन्,’ उनले भने। जग्गाधनीले सवारीसाधन तारेबापत पैसा दिनुपर्ने माग राखेकोसमेत बताइएको छ। नयाँ पत्रिकामा खवर छ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img