दशैँकाे मुखमा तस्करले उजाडिएको दुई परिवारकाे कथा

कैलाली,कञ्चनपुरको पुनर्वास नगरपालिका(६ की ५० वर्षीया कलावती विकको आँसुका धारा रोकिएका छैनन् । छोरा गुमाएको पीडामा डुबेकी उहाँ दैवलाई सराप्नुहुन्छ, ‘हे दैव ! के बिगारेको थियो मेरो गोविन्दले । मेरो मुटुको टुक्रा थियो, चुँडालेर लगिस् । उभन्दा पहिले मलाई किन लगिनस् ?’

बन्नै लागेको अधुरो घरको एक कुनामा भावविह्वोल भएकी पूजा विक (२१) को हालत पनि उस्तै छ । जवानी छँदै पति वियोगले विक्षिप्त बनेकी उहाँको मुखबाट आवाज निस्किन बन्द भइसक्यो । पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभूति गरिरहनुभएको छ ।

अछामको बान्नगढी जयगढ गाउँपालिका ५ मा पनि पुनर्वासकै दृश्य छ । ७१ वर्षीया मनसरा साउदको अवस्था पनि पुनर्वासकी कलावतीको जस्तै अवस्था छ । मुखमा अन्नको दाना नहालेको पनि चार दिन भइसक्यो । रुँदै कराउँदै आफ्नै छाती आफैँ पिट्नुहुन्छ । छिनछिनमा बेहोस हुनुहुन्छ । केहीबेर मौन हुँदै फेरि पहिलेकै अवस्थामा आउनुहुन्छ । उहाँलाई सम्हाल्न गाउँले र आफन्तहरु घर पुगेका छन् । तर उहाँलाई शान्त बनाउन सकेका छैनन् । डाँको छोडेर रुँदै भन्नुहुन्छ( ‘अब मलाई कसले हेर्ला ? म कसरी बाँच्नु ? को पापीले मेरो छोरो लैग्यो ।’

धनगढी उपमहानगरपालिका(१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोष्टका कार्यरत टेकबहादुर साउदको तस्करहरुले हत्या गरेपछि उहाँकी श्रीमती घिमाका आँखाबाट आँशु आउन पनि बन्द भइसक्यो । घटनाको खबर पाएपछि आफूलाई सम्हालेर धनगढी पुगेकी उहाँ शव भेटिएपछि सम्हालिन सक्नु भएन ।

घटनास्थलमै खोजी गर्न पुगेकी उनलाई बल्लबल्ल अछाम पुर्याइयो । खिमा घरमै जिउँदो लास जस्तो बन्नुभएको छ । उहाँका छोरीहरुले आमालाई नरुन पटक(पटक भन्छन् । झन उहाँ डाँको छोडेर रुनुहुन्छ । उहाँको सिउँदोको सिन्दुर मात्रै पुछिएको छैन, जीवन पनि बेसहारा बनेको छ ।

जागिर खाएको २ वर्षपछि बिहे भयो । श्रीमती घरायसी काम गर्नुहुन्छ । दुई छोरी छन् । बुबाको हत्या भएपछि दुवै छोरीहरुको जीवनको छहारी गुमेको छ । मृतक परिवारको यो कारुणिक दृष्यमा हर्षका सञ्चार हुने केवल दैवलाई थाहा होला । सबैका आँखा रसाएका छन् ।

प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक गोविन्द विक र प्रहरी जवान टेकबहादुर विक ड्युटीकै क्रममा कात्तिक १ गते राति तस्करहरुबाट मारिएपछि उनीहरु दुवैको परिवार उजाडिएको छ । दुवै परिवार शोकमा डुबेका छन् । सिंगो प्रहरी संगठन यतिबेला कर्तव्यनिष्ठा राष्ट्र सेवक गुमाएको पीडाले शोकमग्न छ ।

घटनामा हत्या गरिएका दुवैका आमा, श्रीमतीहरु मुर्छित भएका छन् । दुवै जनाका दुई दुई छोरी टुहुरा भएका छन् । कात्तिक २ गते बिहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोविन्द कात्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा बिलाउनुभयो । कात्तिक ४ गते (मंगलबार) मोहना नदीमा शव गाडिएको अवस्थामा फेला परेका साउद बुधबार अछामको कैलाशखोलामा अस्ताउनुभयो ।

असई विक शनिबार साँझ मात्र धनगढी शिवनगरमा रहेको डेरामा श्रीमती र छोरीसँग भेट गरेर फर्कनुभएको थियो । दोस्रो दिन बिहान खाना खाने गरी आउँछु भन्दै ड्युटीमा फर्किएका गोविन्द कहिल्यै नफर्किने गरी बिदा हुनुभयो । पत्नी पूजा जीवनमा बज्रपात भयो । ६ वर्षीया छोरी आरोही र ३ वर्षीया छोरी आरुषीले पनि बाबाको न्यानो सहारा सदाको लागि गुमाए ।

विपन्न परिवारका एक्लो कमाइका स्रोत गोविन्दको निधनले उनको बन्नै लागेको नयाँ घरले तुरुन्तै छत नपाउने भएको छ । बिरामी भाइ र बेरोजगार दाइ पनि गोविन्दको दुःखद अवशानले टुहुरो भएका छन्। उहाँको संघर्ष र लगनशिलताको स्मरण गर्दै स्कुल पढ्दाताका गोविन्दका शिक्षक समेत रहेका बागेश्वरी मावि पुनर्वासका पूर्व प्रधानाध्यापक दोजराज घिमिरे गोविन्द आफ्नो कक्षाका जेहेन्दार र अनुशासित विद्यार्थी भएको बताउनुहुन्छ ।

उहाँको लगनशिलताको उपज नेपाल प्रहरीको सहायक निरीक्षक पदमा ४ वर्षअघि मात्र सेवा सुरु गर्नुभएको थियो । पढाइमा अब्बल गोविन्द स्नातक सकेर प्रहरी सेवामा प्रवेश गर्नुभएको हो । अछामको बान्नगढी जयगढ गाउँपालिका ५ का रामबहादुर घरका साइला छोरा । उहाँका कान्छा भाइ नेपाली सेनामा हुनुहुन्छ । एक भाइले सीएमए पढेर घरमै लोकसेवाको तयारी गरिरहनुभएको छ ।

घरमा बुबा र आमाले खेती किसानी गर्नुहुन्छ । जेठा दाइको १० वर्षको जागिरले उहाँको परिवारको घरखर्च चलेको थियो । अलिकति पैसा जम्मा गरेर धनगढीमा घर बनाउने उहाँको इच्छा थियो । त्यो इच्छा पनि पूरा हुन सकेन् । छोरीलाई धेरै पढाउने उसको सोच थियो । त्यो सोचलाई पनि यथार्थमा बदल्न पाएनन् ।

उहाँका दाइ गंगाबहादुर साउदका अनुसार रामबहादुर सानैदेखि शारीरिक कसरतमा अब्बल हुनुहुन्थ्यो । उहाँ फूर्तिलो र जोशिलो हुनुहुन्थ्यो । दौड, जम्पिङ, ज्याम्नेस्टिकमा उहाँ स्कुलमा पहिलो हुन्थे । सानैदेखि फोर्समा जाने उहाँको सपना थियो ।

कक्षा १२ पास गरेपछि उहाँले दिपायलमा प्रहरी हुन आवेदन दिनुभएको थियो । त्यसबेला उहाँ छनोटमा पर्नुभएन । प्रहरी बन्ने उनको सपना यति जब्बर थियो कि त्यसपछि गरी पाँच पटक छनौट नहुँदा पनि उहाँले हिम्मत हार्नु भएन । तर उहाँको हिम्मतले कात्तिक १ गते मोहना नदीमा घुँडा टेक्यो ।

‘साथीहरूले इन्डिया जाउँ भन्दा उसले म देशको लागि काम गर्छु भनेर प्रहरी सेवा लाग्यो । देशका लागि कर्तव्य निभाउँदै ज्यानको आहुति दियो । तर हामी सबैलाई एक्लो र सहाराहीन बनाएर गए । असई साब र आफ्नो भाइले देशको सेवा गर्दै गर्दा ज्यान गुमाउनु पर्यो’ दाइ रामबहादुरले भन्नुभयो, ‘बर्दीमै प्राण त्याग्यो, यसमा मलाई गर्व लागेको छ,’। उहाँ फेरि यस्ता घटना नदोहोरिऊन् भन्ने चाहनुहुन्छ । हत्यारा पनि पत्ता लागेका छन् । कोही दोषी नउम्कियोस् भन्ने उहाँलाई लागेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले गोविन्द र टेकबहादुर असल र साहसी प्रहरी अधिकृत रहेको बताउनुहुन्छ । ‘हत्यारालाई कुनै पनि हालतमा छोड्दैनौँ । कारबाही गरेरै छोड्छौँ । मृतकका परिवारलाई के सहयोग गर्न सकिन्छ । हामी त्यो पनि सहयोग गर्छौँ’ उहाँले भन्नुभयो । उज्वालाे अनलाइनमा खवर छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -