spot_img

चुनावपछिकाे पहिलाे संसद बैठकमा प्रधानमन्त्री दाहाल,देउवा,अाेली र रवि लगाएतका नेताहरूले के के भने ?

spot_img

काठमाडाैँ,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुलाई जनताले सशर्त समर्थन गरेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधि सभाको पहिलो बैठकमा लिखित मन्तव्य राख्दै प्रचण्डले जनताको निरन्तर निगरानीमा रहेको बताएका हुन् । उनले विविधताको फुलवारी जस्तो संसद रहेको भन्दै त्यसमा गर्व गर्न आग्रह गरे । प्रतिनिधिसभामा विभिन्न जातीय, धार्मिक, भौगोलिक विविधता भएकाहरुले प्रतिनिधित्व गर्ने भएकोले राष्ट्रको सच्चा प्रतिनिधित्व रहेको बताए ।

उनले भने– ‘हामी फरक फरक राजनीतिक पार्टीबाट आएका छौँ तर जनताको सुशासन र विकास प्राप्तिको उद्देश्य भने साझा रहेका छन् । मलाई विश्वास छ हामी प्रतिक्रियाको हैन क्रियाको राजनीति गर्नेछौँ । हामी साझा प्रतिबद्धतामा एक ठाउँमा उभिने छौँ । हामी भर्खर जनताबाट आएका हौँ । त्यसैले जनताका गुनासा, चासो र चिन्तालाई हामीले अत्यन्तै नजिकबाट महशुस गरेका छौँ । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन । समाधानको सुत्र खोज्नुछ र समाधानतिर अगाडि बढ्नुछ ।’ उनले यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने विश्वास समेत ब्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको सबभन्दा ठूलो दल भए पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । तत्कालीन गठबन्धन भत्किएपछि देउवाको पहिलो पटक सार्वजनिक मञ्चमा बोलेका हुन् । पार्टीका आन्तरिक छलफलहरुमा एमालेले धोका दिएको गुनासो गरेका देउवाले संसदको सम्बोधनमा भने कसैप्रति गुनासो गरेनन्, बरु विनम्र सुनिए । लिखित सम्बोधन गरेका देउवाले कांग्रेसलाई पहिलो दल बनाएकोमा मतदाता र पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए । सरकारको नेतृत्व गर्ने अवसर नपाएकोमा कुनै गुनासो गरेनन् । बरु प्रधानमन्त्री नियुक्त भएकोमा पटक–पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका लागि काम गर्न सबैलाई साथमा आउन आग्रह गरेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताए उनले भने, ‘सांसद नेताको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने ? कहिले के गर्ने ?’ ओलीले अगाडि भने, ‘गोटी चालाचाल होइन, काम गरौं । म सबै दलहरुलाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं । बन्न पाएको छैन, बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बाद हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए ।

‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img