काठमाडाैँ, काठमाडाैँमा जारी पहिलाे ठुलीभेरी फुटसल कप सम्पन्न भएकाे छ। २ दिन सम्म चलेकाे प्रयाेगितामा डाेल्पा जिल्ला भरिका २२ टाेलिकाे सहभागिता रहेकाे थियाे। नकाउट चरण अन्तर्गतकाे खेलमा उपाधि डाेल्पाे एफसीले उचालेकाे छ। फस्ट रनरअप भने जुफाल युथ क्लव बी भएकाे छ ।
प्रतियाेगितामा बेस्ट टिमकाे अवार्ड समेत डाेल्पाे एफसीले प्राप्त गर्न सफल भयाे। यस्तै बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डाेल्पाे एफसीकै तेङ्जिङ्ग बैजी भए भने,बेस्ट गाेलकिपर पनि साेहि क्लवका पेमा धान्डुल भए भने प्रतियाेगितामा टप स्काेरर समेत उक्त क्लवकै तुप्तेन बन्न सफल भएका थिए ।
सेभ वाटर,सेभ लाइभ भन्ने मुल नाराका साथ शुरू भएकाे प्रतियाेगिता शान्त र भव्य रूपमा सम्पन्न भएकाे घट्टेखाेला फुटवल क्लवका क्याप्टेन तथा अायाेजक माेति बुढाले जानकारी दिए। जिल्लाबाट काठमाडाैँ बसाेवास गर्ने युवाहरूविचकाे अात्मियता बढाउन प्रतियाेगिताले महत्वपूर्ण भुमिका खेलेकाे बुढाकाे भनाइ छ।