spot_img

आज शोक बिदा, यति समूहका कुनै जहाज नउड्ने

spot_img

काठमाडाैँ, पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ ।आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सरकारले बिदा दिने निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बिदाभन्दा पनि पीडितको परिवारलाई छिटो राहत वितरण तथा आउँदा दिनमा दुर्घटना हुन नदिनको लागि आवश्यक पहल गर्नुपर्नेमा धेरैको सुझाव छ ।यसैबीच यति एयरलाइन्सले विमान दुर्घटनाको शोकमा आजको लागि निर्धारित सबै उडान रद्द गरेको छ । आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img