काठमाडौं, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यतिबेला देशका पहाडी भुभागमामा आंशिकदेखि सामान्य बदली रहेको छ।यस्तै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू–भागका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।आज राति पनि सोही मौसमी प्रणाली रहनेछ।