स्याङ्जा,जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा ठुलाे पिरमाणमा बहुमूल्य खयरकाे काठ बरामद गरेकाे छ । ५ गते बिहान जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. ३ भन्ज्याङ स्थित सिद्धार्थ राजमार्गमा प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले निबुवाखर्क बाट गुठी तर्फ जाँदै गरेको लु. ४ त. १५२० नं.को ट्याक्टरमा चेकजाच गर्ने क्रममा खयर जातको अबैध काठ बरामद गरिएकाे जिल्लाका प्रहरी प्रमुख हाेविन्द्र बाेगटीले जानकारी दिए ।
गोलाई थान २४५ ( दुई सय पैतालिस ) थान फेला पार्नुका साथै चालकलाइ पनि नियन्त्रणमा लिएकाे बाेगटीकाे भनाइ छ । पारी आवश्यक कारवाहीको लागी चालक
जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं. २ बस्ने बर्ष २५ का दिलिप
राना, ट्याक्टर र अवैध काठ सहित डिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाईएको र अन्य अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।