spot_img

अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

spot_img

काठमाडाैँ, बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।आज मङ्गलवार न्यायाधीश कोमप्रसाद आचार्यको एकल इजलासले बलात्कारको आरोपमा दाबी नपुगको भन्दै शाहलाई सफाइ दिएको हो ।

शाह तत्काल रिहा भने हुने छैनन् । उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष छ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिबापत जरिबाना तोकेको छ । त्यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।

गएको फागुन ११ गते बालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोमा पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img