काठमाडौं, महानगरपालिका– २६ गोंगबुस्थित दुई होटेलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ ।वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटेल सोना र होटेल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका– ३ घर भई टोखा नगरपालिका– ९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजंग खड्कासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त aहोटेलमा शंकास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो ।
उक्त टोलीले होटेल सोनाबाट शंकास्पद रूपमा रहेको सात सय १७ थान र होटेल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ । गएराति पक्राउ परेका उनीहरूका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।रासस