spot_img

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि पानी पर्ने सम्भावना

spot_img

 काठमाडौं,पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।

मध्य तथा पूर्वी तराईका एक–दुई स्थानमा हुस्सु÷कुहिरो लागेको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।आज दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ । राति पनि हिमपातको सम्भावना हरेको छ ।

महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भू–भागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img