नेकपा कर्णाली विवादःओली र प्रचण्डकाे विज्ञप्ति लडाइ,कार्यकर्ता अन्याेलमा

काठमाडौँ, नेकपा कर्णाली प्रदेशमा जारी विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले कर्णाली प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाहलाई पुनः सोही पदमा कायम गर्न निर्देशन दिएका थिए । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको निर्देशन पत्रमा अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका शाहलाई प्रमुख सचेतकको जिम्मेवारीमा फर्काउन निर्देशन दिएका थिए ।

’अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपा प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथि तपाईंले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु,’ ओलीको निर्देशनमा लेखिएको छ । उनले बुधबार उक्त निर्देशन दिएका थिए ।

नेकपाका कार्यकारी अध्यक्ष दाहालले भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्त गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरेका छन् ।

दाहालको निर्देशनमा भनिएको छ, ’सो समझदारी र हाम्रो दलको प्रदेश सभा सदस्यहरूको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु ।’ उनले कर्णाली प्रदेश पार्टी कमिटीका सहइन्चार्ज तथा शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यमलाल कँडेल, अर्का सहइन्चार्जहरु प्रकाश ज्वाला र कालीबहादुर मल्ल, पार्टी प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई निर्देशन दिएका हुन् ।

नेकपा कर्णाली प्रदेशको विवादले अध्यक्षद्वयबीच असमझदारी बढिरहेको बेलामा दुवैका फरक(फरक विज्ञप्ति आएका हुन् । यसअघि दुवैले सचिवालयमार्फत पनि यस्तै विज्ञप्ति जारी गरेका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव शुक्रबारको संसदीय दल
को बैठकले बहुमतले अस्वीकृत गरेको छ । प्रमुख सचेतक सीता नेपालीले बोलाएको संसदीय दलको बैठकमा ओली पक्षका कँडेललगायतका सांसदहरू भने उपस्थित भएका थिएनन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -