भक्तपुर, भक्तपुरको लोकन्थलीमा बसभित्र तास खेलिरहेका चार जनालाई प्रहरी आइतबार पक्राउ गरेको छ।जिल्लाको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको सैलुगेश्वरी काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेका उनीहरूलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ।
भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीले उनीहरूको साथबाट ७१ हजार नगद र एक बुक तास पनि पक्राउ गरेको बताए।उनीहरूलाई अहिले नियन्त्रणमा ल्याई परिसरमा ल्याउने काम भइरहेको उनले जनाए। प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीकृष्ण थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको उनले जनाए।