spot_img

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको एक लाख ६ हजारभन्दा धेरै

spot_img

काठमाडाैँ, सुनको मूल्यले अहिलेसम्मकै उच्च भएको छ । सुनकोमूल्यआज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ ।आज सुनकोमूल्य तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनकोमूल्यतोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग र कारोबार बढेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि २०७८ साल फागुन २५ गते सुनको

मूल्यबढेर नयाँ रेकर्ड कायम भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने बिस्तारै घटेको सुनकोमूल्यफेरि बढेको हो ।

सुनकोमूल्यबढे पनि चाँदीकोमूल्यभने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img