spot_img

पश्चिम क्षेत्रमा आज पनि हल्का वर्षा हुने

spot_img

काठमाडौं, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले पश्चिम नेपालबाट वर्षा र हिमपात सुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।सुदूरपश्चिमदेखि म्याग्दीको घोडेपानीसम्मका विभिन्न स्थानमा वर्षा गराएको उक्त मौसमी प्रणालीले काठमाडौं उपत्यका र पूर्वी नेपालमा भने असर नगर्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार सोमबार रातिदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रणाली उत्तरपूर्वी दिशातिर गइरहेको छ।यो प्रणालीले यसपालिको पहिलो हिउँदे वर्षा गराएको छ। तर यो गण्डकी प्रदेशभन्दा पूर्व आउने सम्भावना छैन,’ प्रधानाङ्गले भने,‘बुधबार रातिसम्म यो प्रणाली कमजोर भइसक्नेछ।’

काठमाडौंमा पानी पर्न भने अर्को पश्चिमी वायुको प्रणाली आउनुपर्ने उनले बताए।‘आगामी तीन दिनमा त्यस्तो प्रणाली आउने सम्भावना देखिन्न,’ प्रधानाङ्गले भने।यसपालिको हिँउदमा कमजोर पश्चिमी वायुका प्रणाली आएकाले वर्षा हुन नसकेको र धेरै जाडो महशुस नभएको प्रधानाङ्गले बताए।

‘यो हिउँदमा पहिला पनि केही प्रणाली आएका हुन् तर वर्षा गराउने खालका भएनन्। हिजो आएको प्रणालीले पनि पश्चिमी क्षेत्रमा मात्र पानी पा¥यो,’ उनले भने,‘देशैभरि पानी पार्न अर्को प्रणाली बलियो प्रणाली आउनुपर्छ।’बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाकाअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

चार वटा प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहने र तीन वटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।बिहीबार प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।शुक्रबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img