spot_img

सत्ता उन्मादमा आफ्नै कार्यकर्ताको हत्या गर्नु आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत : काँग्रेस

spot_img

काठमाडाैँ,सत्तारुढ दल नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहीबार भएको झडपमा एक जनाको मृत्यु भएको घटनामा दोषीमाथि कारवाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनामा घाइते भए उपचारका क्रममा निधन भएका विन्दावासनी गाउँपालिकाका सचिव एवम् नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको शव अहिले पनि अस्पतालमा नै रहेकोमा काँग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । पार्टीले घटनाको गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारी जारी विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि यसबीचमा कयौँको हत्या भएको र देशका कयौँ ठाउँमा सत्तारुढ दलका पार्टी कार्यकर्ताबाट काँग्रेस समर्थकको हत्या भएको आरोप लगाएको छ । ‘पर्सा घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम अहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ,’ विज्ञप्तिमा भनएिको छ ।

शर्माले दोषीलाई गुटगत संरक्षण नदिइ कानुनी कारवाहीको कठघरामा उभ्याउन राज्यको दायित्व रहेको स्मरण गराएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img