काठमाडाैँ, हिजो मूल्य बढेर अहिलेसम्मकै महँगो भएको सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले घटेको छ ।सुनको मूल्य आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै अस्थिर छ।
पछिल्लो अवस्थालाई हेर्दा भने भाउ बढ्न सक्ने अनुमान रहेको महासङ्घले जनाएको छ । अन्य क्षेत्रको लगानी सुरक्षित नहुँदा विश्व बजारमा अहिले सुनमा लगानी बढ्दै गएको छ । यसले गर्दा मूल्य बढिरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।