spot_img

साेमबार टीकाकाे समय हेर्नुहाेस्, साथै कुन देशको कुन सहरमा कति बजे टीकाको उत्तम साइत ?

spot_img

काठमाडाैँ,यस वर्ष दसैंको टीका सोमबार परेको छ। अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले यस वर्ष विश्वका विभिन्‍न देशका सहरमा विजया दशमीको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिले नेपालको काठमाडौंका लागि कात्तिक १० गते  बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ।  भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते बिहान ११ः०५,  केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत रहेको समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताएका छन्।

बेलायतको लन्डनमा बिहान ११ः३९, क्यानडाको टोरन्टोमा बिहान ११ः४३, पोर्चुगलको लिस्बनमा  बिहान ११ः३७ र  फ्रान्सको पेरिसमा बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ।

यी सहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ।

जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११ः३५, अस्ट्रेलियाको सिड्नीमा बिहान ०९ः४३, मेलबर्नमा बिहान ९ः५३ बजे र ब्रिसबेनमा बिहान ९ः५१ बजे शुभसाइत छ। मलेसियाको क्वालालम्पुरमा बिहान १०ः३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०ः४३, कतारको दोहामा बिहान १०ः२१ टीकाको साइत छ।

थाइल्यान्डको बैंककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिंगापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्यान्डको वेलिङ्टनमा बिहान १०ः१५ बजेको समयमा दसैंको टीका लगाउन उत्तम हुने जनाइएको छ।

यी सहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ। विभिन्‍न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दसैंको टीका लगाउन शुभसाइत माग्‍न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिएको हो।रासस 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img