डाेल्पा,वि.स २०७२ सालमा चैत महिनाकाे २८ गते उपल्लाे डाेल्पाकाे साविक धाे गाविसका खाकर र माेरिक गुम्वाका मुर्तिहरू अज्ञात ४ जना हतियार धारीकाे समुहले लुटेकाे थियाे । पुरातात्विक मूर्ति चोरी मुद्दाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ जिल्ला प्रहरी कार्यालय डोल्पाले चार वर्षदेखि फरार पुरातात्विक मूर्ति चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।
काइके गाउँपालिका– ७ बस्ने २९ वर्षका अजत भन्ने धनेश विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । फरार विकलाई पुरातात्विक मूर्ति चोरी मुद्दामा डोल्पा जिल्ला अदालतको ०७५ वैशाख ३ गतेको फैसलाले एक लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य ३ जनाले समेत सजाय भुक्तान र जरीवाना तिरिसकेका छन्। मूर्ति पनि फेला पारेर फिर्ता गरिसकेकाे प्रहरीले जनाएकाे छ ।
याे त केवल एउटा घटना मात्रै हाे उपल्लाे डाेल्पामा भएका अधिकांस गुम्वाका मुर्तिहरू हराइ रहेका छन् । डोल्पा जिल्लाकै हकमा त्यहाँका १ सय १८ गुम्बामध्ये उपल्लो डोल्पा भेगका ५० भन्दा बढी गुम्बाहरू रित्ता बनेका छन् । त्यहाँ न सम्पदाको जगेर्ना हुन सकेको छ, न आफैंमा सम्पदा बनिसकेका गुम्बाहरूको मर्मत–सम्भारकै निम्ति सरकारले कुनै चासो राखेको पाइन्छ ।
पाँच वर्षअघि उपल्लो डोल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट पुरातात्त्विक शाक्यमुनि बुद्ध मूर्ति चोरिएको घटना सम्बन्धी खोजबिन जारी रहेकै बेला तीन महिनाअघि यो सम्पदा बेइजिङमा लिलामीमा राखिएको पाइयो । यो सूचनासँगै हिमाली जिल्ला डोल्पाबाट एकपछि अर्को गर्दै पुरातात्त्विक महत्त्वका सम्पदा, बौद्ध मूर्ति, थांका चित्रहरू चोरिँदै गएका र ती सम्पत्ति विदेशमा लिलामगृह वा संग्रहालयमा प्रदर्शनीमा राखिएका तथ्य बाहिर आए । र यो विषयले अहिले सम्पदाप्रेमीहरूको ध्यान खिचेको छ ।
हराएका–चोरिएका सम्पदाको खोजबिन तथा घरफिर्ती प्रक्रियामा लागिपरेको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ को सूची अनुसार विगतमा डोल्पा जिल्लाका विभिन्न गुम्बाहरूमा रहेका दर्जनौं सम्पदा अहिले अमेरिका, अस्ट्रेलिया, चीन, जर्मनी, इटाली, स्विटजरल्यान्ड लगायतका मुलुक पुगिसकेका छन् ।
राज्यले हालसम्म एक दुइ वटा मुर्ती चाेरीकाे घटनाका दाेषीहरू पत्ता लगाएपनि ५० अाैँ गुम्वाका मुर्तीहरू कसले चाेरेर विशेष पुर्यायाे ? फिर्ता अाउँछन् कि अाउँदैनन् राज्य निकै उदाशिन हुँदा सबै प्रश्नकाे उत्तर मिल्न मुस्किल छ।