spot_img

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

spot_img

काठमाडाैँ,  सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । यसअघि गएको १२ गते सुनकोमूल्यबढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।

हिजो सुनको मूल्य तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा मूल्य बढेको महासङ्घको भनाइ छ ।यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img