महामारीपछि निःशुल्क खानाको व्यवस्था गरेको संस्थाले गर्याे टीका लगाउने कार्यक्रम

काठमाडाैँ,लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुला मञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गत १४ चैतदेखि कोरोना भाइरसका कारण अलपत्र परेका नागरिकलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो ।

खुला मञ्चलगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिमले दसैँको अवसरमा सबैमा उत्साह ल्याउने उद्देश्यसहित टीका लगाउने व्यवस्था गरेको जनाएको छ । यसरी टीका लगाउन पाउँदा खुसी लागेको सर्वसाधारणले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टिमलगायका संस्थाले संक्रमणको चपेटामा परेकालाई उद्धार गरिरहेकाले आफूहरू धन्य भएको उनीहरूको भनाइ छ ।

हाम्रो टिम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले दसैँको वेला घरमा गएर आमाबुबाको हातको आशीर्वादभन्दा पनि सात महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरूलाई टीका लगाएर दसैँ मनाउँदा सन्तुष्टि मिलेको बताए । दसैँजस्तो राष्ट्रिय चाड दुःखमा परेकाहरूले पनि मनाउन सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको उनले बताए ।

कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरू रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनले बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -