spot_img

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ

spot_img

काठमाडाैँ, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनी बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार उनलाई अहिले कोहलपुरबाट कैलाली लगिँदै छ । आगजनी मुद्दामा कैलाली जिल्ला अदालतबाट करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई जनही ६ महिना कैद फैसला भएको थियो ।

दोषी ठहर भएकामध्ये एकजनालाई प्रहरीले गत बुधबार टीकापुरबाट पक्राउ गरेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको सार्वजनिक भएको थियो । साबिक बलिया गाविस– ५ का महादेव बजगाईंले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै तीनजनाविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा चलाएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img