spot_img

डाेल्पा तरूणदलकाे नेतृत्वमा भिम बाेहाेराःभन्छन् “बृहत संगठन निर्माण देखि पार्टीलाइ एकढिक्का बनाउन विशेष पहल गर्नेछु”

spot_img

डाेल्पा,जिल्ला तरूण दलकाे नेतृत्वकाे जिम्मा भिम बाेहाेराले पाएका छन्। २० गते शुक्रवार निवर्तमान अध्यक्ष तुलवहादुर बाेहाेराले अधिकार सहित का.व अध्यक्षकाे जिम्मा बाेहाेरालाइ दिएका हुन् । संगठनका निवर्तमान उपाध्यक्ष समेत रहेका बाेहाेराले जिल्लामा तरूण दललाइ थप सवल,सक्षम र वृहत संगठन बनाउने बताएका छन्।

साथै का.व अध्यक्ष बाेहाेराले नेतृत्व जिम्मा लिदैँ जिल्लामा देखिएकाे पार्टीभित्रकाे मतभेतलाइ अन्त्यका लागि विशेष पहल गर्ने जानकारि दिए। नेपाली कांग्रेस निकट युवा संगठन तरूण दलले जिल्लामा पार्टीकाे उपस्थितिलाइ थप बलियाे बनाउन अव महत्वपूर्ण भुमिका खेल्ने उनकाे भनाइ छ।

विगत लामाे समय देखि विद्यार्थी कालमा नेविसंघकाे राजनीतिहुँदै तरूणदलकाे राजनीतिमा छिरेका बाेहाेरा निरन्तर पार्टीलाइ महत्वपूर्ण याेगदान गर्दै आएका छन्। बाेहाेरा राम्राे छवि भएका युवा निर्माण व्यवसायी हुनुका साथै युवामाझ मिलनसार र सहयाेगि भावना रहेका युवा नेताका रूपमा जिल्लामा परिचित छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img