spot_img

बढ्दै जाडो,कर्णालीमा तापक्रम माइनसमा झ¥यो

spot_img

देशमा दिनप्रतिदिन जाडो बढ्दै गएको छ। मौसमविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरिसकेकोे छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो। त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ मापन गरिएको उनले जानकारी दिए। अहिले मुलुकमा सबैभन्दा चिसो भएको ठाउँ जुम्ला नै हो।

अस्ति ( २५ तारिख ) सम्म जुम्लाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस थियो। ‘आज माइनस १ सम्म हुन सक्छ। अधिकतमचाहिँ २० डिग्रीसम्म हुन्छ,’ मौसमविद् श्रेष्ठले भने।

उनका अनुसार मुलुकभर नै न्यूनतम तथा अधिकत तापक्रम घट्दै गएको छ काठमाडौं उपत्यकामा पनि तापक्रम घट्दै छ। मौसमविद् श्रेष्ठका अनुसार अधिकतम २५ डिग्री र न्यूनतम १४ डिग्रीसम्म देखिएको छ। एक हप्ताअघि उपत्यकाको अधिकतम २८ थियो भने न्यूनतम १७ डिग्री सेल्सियस थियो।

मौसमविद् श्रेष्ठका अनुसार अहिले बिहान पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल लागेको) छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा अर्थात् घाम लागेको छ।

‘आज पूर्वी पहाडका एक दुई स्थानमा छिटफुृट वर्षा पनि हुन सक्छ,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img