spot_img

कोरोना अपडेटः संक्रमित १ लाख ६० हजार ४००, निधन ८७६, डिस्चार्ज १ लाख १८ हजार ८४३

spot_img

काठमाडाैँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जना कोरोना संक्रमित थपिएका छन्। २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १, पाँचथरका १, भोजपुरका १, मोरङका ४, सुनसरीका २८, धनुषाका ११, बाराका १, रौतहतका २, सिरहाका १, काठमाडौँका २२५, काभ्रेका ११, चितवनका १, दोलखाका १ र धादिङका ३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नुवाकोटका १, भक्तपुरका ४, रामेछापका २, ललितपुरका २३, सिन्धुपाल्चोकका २, कास्कीका १२, गोरखाका १, नवलपरासीपूर्वका ५५, म्याग्दीका ५, बागलुङका ५ स्याङजाका २, अर्घाखाँचीका २, कपिलवस्तुका ४, गुल्मीका ३, दाङका ५५, नवलपरासीका ७, प्यूठानका १, बर्दियाका २, बाँकेका १४ र रुपन्देही ७९ जनामा कोरोना संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको छ भने २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ सय २५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्। हाल काठमाडौँमा १६ हजार ९ सय ५८, भक्तपुरमा ४ हजार १ सय ४१ र ललितपुरमा २ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर २ सय ८१ जना कोरोना संक्रमितको आईसीयुमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मुस्ताङमा सक्रिय संक्रमितको संख्या शून्य छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img