काठमाडौँ,डोल्पो फुटवल क्लवले काठमाडाैँमा जिल्ला स्तरिय फुटसल लिग आयोजना गर्नेभएकाे छ। फागुन १८ गते देखि शुरू हुने प्रतियाेगिताका लागि क्लवले फागुन १३ गतेसम्मका लागि रजिस्ट्रेशन खुल्ला गरेकाे हाे।
प्रतियाेगितामा महिला पुरूषले समेत सहभागिता जनाउने सक्नेछन्। सहभागिता जनाउन इन्ट्री फि १० हजार ताेकिएकाे छ। प्रतियाेगिताकाे विजेताले ट्रफि सहित ७७ हजार ७ सय ७७ रूपैयाँ प्राप्त गर्ने छ भने दाेस्राे हुनेले ३३ हजार ३ सय ३३ रूपैँया प्राप्त गर्नेछन्। यस्तै टप स्काेर र वेस्ट गाेलकिप्परलाइ समेत १५ सय पुरस्कार सहित ट्रफि प्रदान गरिने आयोजकले जनाएकाे छ। आयोजकले सहयाेग गर्न चाहने संघसंस्थालाइ लाेगाे राख्नेगरि सम्पर्क गर्न अनुराेध गरेकाे छ।
प्रतियाेगितामा डाेल्पाका टिमहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियाेगिता तिनचुलीमा रहेकाे लि हिमालय फुटसलमा हुनेछ। मिडीया पाट्नर इमान्दार खवर रहेको छ।