spot_img

काठमाडौंमा सार्वजनिक यातायात ठप्पःसर्वसाधरणलाइ सास्ती

spot_img

काठमाडौँ,यातायात मजदुरले उपत्यकाभित्र सार्वजनिक सवारी नचलाउनाले आशिंक प्रभाव परेको छ।सार्वजनिक सवारी नचल्दा यात्रुहरू मारमा परेका छन्। अहिले चोक–चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।

फागुन १ गते बालाजु बसपार्कमा भएको झडपपछि नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन, अखिल नेपाल यातायात मजदूर सङ्घ र नेपाल यातायात मजदूर सङ्घले यातायात बन्द गरेका हुन्। शान्तिपूर्ण प्रदर्शनमा गरिरहेका मजदूरमाथि आक्रमण भएको र प्रहरीले पनि मजदूरलाई पक्राउ गरेको भन्दै तीनै संगठनले विरोध जनाएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी र नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष दीपक केसीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी मजदूरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्।

मजदूरमाथि भएको आक्रमण र पक्राउ गरिएको विरोधमा फागुन २ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। मजदूरको आन्दोलनका कारण मंगलबार बिहानैदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालमा आएको छैन। जसले गर्दा आवातजावतमा समस्या भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img