त्रिपुराकाेट, त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा दोस्रो जिल्लास्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरू भएको छ । त्रिपुरासुन्दरी नगर कार्यपालिकाको बैठकले जिल्लास्तरीय दोस्रो मेयर कप भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेकाे थियाे। जिल्लाभरबाट १४ टिमका सहभागिता रहेकाे छ। उद्घाटन खेलमा १ म्याच मात्र भएकाे छ,वडा नम्वर ११ र ३ विच भएकाे प्रतिस्पर्धामा वडा नम्वर ११ ले जितेकाे छ। जगदुल्ला र ठुलीभेरी नगरपालिकाबाट टिमकाे सहभागिता जनाएका छन्।
प्रतियाेगिताकाे उद्घाटन गर्दै नगरप्रमुख जनचन्द्र राेकायाले नगरपालिकामा अायाेजना भएकाे खेलकुद प्रतियाेगिताले समग्र जिल्लाकाे खेलकुदमा महत्वपूर्ण टेवा पुग्नुका साथै खेलाडीलाइ पनि हाैंसला मिल्ने बताउनु भयाे। उद्घाटन कार्यक्रमा जनप्रतिनिधिहरू,जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरू देखि स्थानीय खेलप्रेमिकाे बाक्लाे उपस्थिति रहेकाे थियाे।
प्रतियोगिताको विजेता टोलीलाई एक लाख १५ हजार, उपविजेतालाई ६१ हजार, तेस्रो हुनेलाई ४१ हजार र चौथो हुने टोलीलाई २१ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
उत्कृष्ट खेलाडीलाई सात हजार रुपियाँ र अनुशासित खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका खेलहरू त्रिपुराकोटवगरस्थित खेलकुद मैदानमा हुनेछ ।


















