काठमाडाैँ, नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ डोल्पाको जिल्ला अध्यक्षमा मिलन बुढाथोकी मनोनीत भएका छन्। जगदुल्ला २ काइगाउँ स्थायी घर भएका बुढाथाेकी विगत ५ वर्षदेखि नेविसंघकाे सक्रिय राजनीतिमा छन्। बुढाथाेकी अार.अार. क्याम्पसका सहसचिव समेत छन्।
नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले विधान–२०२७ को छैटौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी बुढाथोकीलाई जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको हो।
१४ औ महाधिवेशनमा थोरै मतले महाधिवेशन प्रतिनिधिमा पराजित भएका बुढाथोकी नेपाल विद्यार्थी संघ डोल्पा काठमाडौं सम्पर्क समितिको कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए।