काठमाडाैँ,सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ ।हिजो तोलाको १ लाख ३ हजार रुपैयाँ थियो । हिजो पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।