spot_img

नामिबियामाथि नेपालको लगातार दोस्रो सानदार जित, ३ खेलाडीले बनाए अर्धशतक भने सन्दिपले लिए ३ विकेट

spot_img

आइसिसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ ।त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले नामिबियालाई चार दिनभित्र दोस्रोपटक हराएको हो ।

आजको खेलमा नेपालले ४७ ओभर तीन बलमा दुई सय ७८ रन बनाउँदै नामिबियालाई तीन विकेटले पराजित गर्यो । शृंखलाको पहिलो म्याचमा नेपालले नामिबियामाथि दुई विकेटको जित हासिल गरेको थियो ।आजको खेलमा ओपनर आसिफले ८१, मध्यक्रमका अनुभवी ब्याटर ज्ञानेन्द्रले ६५ र अलराउन्डर कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितले ३९ रन बनाए ।नौ रनमा कुशल भुर्तेललाई गुमाएको नेपाल आसिफ र ज्ञानेन्द्रबीचको एक सय ३९ रनको साझेदारीपछि बलियो अवस्थामा पुगेको थियो ।आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी साझेदारी गरे । उनीहरूबीचको साझेदारी एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा ठूलो साझेदारी हो ।

त्यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि नामिबियाले ६ विकेटको क्षतिमा ५० ओभरमा दुई सय ७४ रन बनाएको थियो । नामिबियाका जेन ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय इनिङ खेल्दा पिकी या फ्रान्सले ३९ बलमा ४९ रन जोडे । लो–हान्द्रे लरेन्सले ४१ रनको योगदान गर्दा रुबेन ट्रम्पेलम्यानले २४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४६ रन दिए । करन केसीले एक विकेट लिए भने नामिबियाका दुई खेलाडी रन आउट भए ।६ एक दिवसीय म्याचको शृंखलामा नेपालले लगातार तीन म्याच जितेको छ । यससँगै नेपालले नेपालले आइसिसी पुरुष विश्वकप लिग २ मा महत्वपूर्ण ६ अंक हासिल गरेको छ ।

जितसँगै नेपालले २७ खेलबाट २४ अंक जोडेको छ । यद्यपि, नेपाल छैटौँ स्थानमै सीमित छ । नामिबियाको ३३ खेलबाट ३७ अंक र स्कटल्यान्डको ३४ खेलबाट ४८ अंक छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img