ओलम्पिक सार्न अमेरिका र बेलायतको प्रस्ताव

काठमाडौं,कोरोना भाइरसको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । सबै खाले खेलकुद गतविधि रोकिएका छन्, खेलकुद ठप्प छ । आगामी जुलाई अगष्टमा जापानमा हुने टोकियो ओलम्पिक पनि कोरोना भाइरसका कारण अन्योलमा छ ।

जापानले ओलम्पिकका लागि तयार रहेको बताइरहँदा अन्य देशहरुले भने ओलम्पिक सार्ने विकल्प अगाडि सारेका छन् । बेलायत र अमेरिकाले पनि ओलम्पिक सार्न प्रस्ताव गरेको छ । शनिबार अमेरिकाको पौडी संघ र बेलायतको एथ्लेटिक्स संघले पनि यो प्रस्ताव राखेका छन् । दुवै संघले कोरोना महामारीको कारण ओलम्पिक क्यालेन्डर सार्न भनेका हुन् ।

अमेरिकी पौडी संघकाले अमेरिका ओलम्पिक तथा पाराओलम्पिक कमिटीलाई पत्र लेख्दै ओलम्पिक सार्ने प्रस्ताव गरेको छ । ‘ओलम्पिक शुरु हुनु केही महिनाअघि मात्र सबैले नसोचेको असर व्यहोरिरहेका छन् । जसले गर्दा खेल माथि नै प्रश्न उठेको छ’ अमेरिका पौडी संघका प्रमुख हिन्चेले लेखेका छन् ।

यस्तै युके एथ्लेटिक्सका अध्यक्ष निक कोवार्डले पनि गार्जियनसँगको अन्तर्वार्तामा ओलम्पिक स्थगित गर्नुपर्ने बताएका छन् ।

सबै खेलाडीले जुलाई र अगष्टमा हुने ठूलो खेल मेलाका लागि आफ्नो जीवनभरी नै तयारी गरिरहेको भन्दै कोवार्डले अहिलेको अवस्थामा तयारि गर्न नपाउँदा खेलाडी पनि उत्कृष्ट फर्ममा नहुने बताए । उनले अहिलेको आवश्यकता खेलाडीको स्वास्थ्य र सुरक्षा रहेको बताए । ‘अहिलको प्राथमिकता भनेको व्यक्तिको स्वास्थ्य र सुरक्षा हो र उनीहरुको चिन्ता कम पार्नु हो’ उनले भने ।

विश्व एथ्लेटिक्सका प्रुख सेबास्टिन कोएले यही हप्तामा ओलम्पिक खेल तालिका परिवर्तन हुने सकने आशा राखेका छन् ।

कोरोना भाइरसको कारण विश्वभ विभिन्न खेलको क्वालिफाइङ इभर्न्टहरु समेत हुन सकेको छैन । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीले भने यसअघि तोकिएको मिति जुलाई २४ देखि अगष्ट ९ सम्म नै ओलम्पिक हुने जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 । गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय...

निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहसचिवको निर्देशन

 गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको...

कांग्रेस अझै अन्योलमा

काठमाडौँ — कांग्रेसमा प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक’ कदमलाई हेर्ने दृष्टिकोणमा मतान्तर नदेखिए पनि नेताहरूको मनस्थिति भने विभाजित बनेको छ । जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रपछि शनिबार...

प्रधानमन्त्रीको ’शंकास्पद’ पत्रले ल्याएको तरंग

प्रतिनिधि सभा विघटनको सिफारिस गरेर राष्ट्रपतिलाई मन्त्रिपरिषदले पत्र पठाइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको ’शंकास्पद’ पत्रले अदालतभित्र र बाहिर तरंग पैदा गरेको छ। सर्वोच्च...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -