spot_img

डोल्पामा झोलङ्गे पुल बनाउने क्रममा माटोमा पुरिएर दुई युवा गम्भिर घाइते

spot_img

पूर्ण सार्की,डोल्पा 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका २ मा पर्ने रसीमा माटोमा पुरिएर दुई कामदार गम्भीर घाईते भएकाछन् । आइतबार बिहान रसी स्थित माझगाउँ भित्र झोलङ्गे पुल बनाउने क्रममा माटोमा पुरिएर जाजरकोट जिल्लामा पर्ने नलगार्ड नगरपालिका ५ का दुई युवा घाइते भएको र स्थानीयबासी सहित भएर माटोबाट निकालिएको घाइतेका आफन्त लक्ष्मण शाहीले जानकारी दिए ।

घाईते हुनेमा नलगार्ड नगरपालिका ५ का १८ बर्षिया दिपेन्द्र शाही र २१ बर्षिया बद्रि शाही रहेका आफन्त लक्ष्मण शाहीले बताए । घाईते भएका दुईमध्ये एक जनाको घुट्टामा फलाम छड छिरेको एकजनाको खुट्टा पुरै पिसिएको शाहीले बताए ।

घाइतेलाइ लिनकोलागि त्रिपुरासुन्दरी नगरपालिकाबाट एम्बुलेन्स सहित प्रहरीको टोली घटनास्थल तर्फ गएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img