spot_img

अध्यक्ष नेपाल भन्छन्ःराष्ट्रपतिको चुनावबाट सत्तागठबन्धनको भविष्य टुंगो लाग्छ

spot_img

काठमाडाैँ,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन्। पार्टीनिकट भ्रातृ संगठन अनेरास्ववियुको स्थायी कमिटीको कीर्तिपुरमा जारी दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।उनले राष्ट्रपतिको चुनावबाट यो सत्तागठबन्धनको भविष्य टुंगो लाग्ने र त्यो एक हप्ताभित्र हुने पनि दाबी गरे।

सत्तागठबन्धनमा संविधानविरोधीदेखि संविधानका पक्षपाती सबैखाले शक्तिहरू भएका कारण उक्त गठबन्धन लामो नटिक्ने नेपालको दाबी छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटीको बैठक बसिरहेको छ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियुका प्रवक्ता मिलन राईले जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img