चन्द्रमाको सतहमा भेटियो पानी भेटिएकै हाे त ?

काठमाडौँ,अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ’सोफिया’ उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो ।

सोफियाले चन्द्रमाको ’क्लेभियस क्रेटर’ मा पानी फेला पारेको हो । क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ । यसलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको यो खोज सम्बन्धीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित छ । भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । यहाँ भेटिएको पानी पृथ्वीको साहारा मरुभूमिमा पाइने पानीभन्दा सय गुणा कम हो । हावा नभएको क्षेत्रमा कसरी पानी सम्भव भयो भन्नेमा वैज्ञानिकहरुले पनि चासो दिएका छन् ।

यो नयाँ खोजले वैज्ञानिकहरु उत्साहित भएका छन् । नासाको सन् २०२४ को अर्टमिस मिसनलाई पनि यो खोजले सघाउ पुग्ने नासाले जनाएको छ । अर्टमिस मिसनबाट पहिलोपटक महिलालाई चन्द्रमामा पाइला टेकाइदैछ । यही मिसन अन्तर्गत अन्य ग्रहहरुको अध्ययनका लागि नासाले चन्द्रमा ’मानव बेस’ पनि निर्माण गर्ने योजना छ ।

चन्द्रमामा पानी भेटिनुका धेरै कारणहरु हुन सक्ने नासाले जनाएको छ । यसका लागि विभिन्न ऊर्जा र अन्तरिक्षामा हुने घटनाक्रमलाई पनि कारक मानिएको छ ।

चन्द्रमामा खस्ने ३० देखि १ मिटरसम्मका अकाशीय पिण्ड(माइक्रो मेटोरिएट्स) का कारण पनि चन्द्रमा पानी भएको हुन सक्ने नासाले आशंका गरेको छ । पानीका कणहरु भएका यस्ता पिण्डहरु चन्द्रामा नै जम्मा हुँदा पानी देखिएको हुन सक्ने नासाले औंल्याएको छ । अर्को कारण सौर्य आँधीले चन्द्रमासम्म हाइड्रोजन ल्याएर त्यहाँ अक्सिन पाइने तत्त्वहरुसँग रसायनिक प्रतिक्रिया गरेर चन्द्रमाको सतहमा हाइड्रोअक्साइल निर्माण गर्छ । माइक्रो मेटोरिएट्सले हाइड्रोअक्साइललाई पानीमा परिवर्तन गरेको हुन सक्ने नासाले जनाएको छ ।

उजाड क्षेत्र पानीको भण्डारण सम्बन्धमा नासाले जमिनमा स(सना बिड जस्तो आकारमा जम्मा भएको हुन सक्ने जनाएको छ । अर्को कारण पानी चन्द्रामाको सतही माटोमा सिधा प्रकाशबाट लुकेर माटोमा भएको हुन सक्ने औंल्याइएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैँ,क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो...

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम,जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ। आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै...

सोती घटनाका अभियुक्तलाइ १ लाख धरौटीमा छोड्न अदालतकाे आदेश

रुकुम पश्चिम,उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक...

१ करोडमा नागढुंगा-कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडाैँ,नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -