डोल्पा,एकिकृत समाजवादी डाेल्पाका नेता ओमेन्द्र केसी पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रबेशमा प्रवेश गरेका छन्। मंगलवार सुर्खेतमा एक कार्यक्रमका विच नेता केसीले पार्टी प्रवेश गरेका हुन्। उनलाइ माओबादी पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामलाल विश्वकर्माले पार्टिमा स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्दै नेता केसीले डाेल्पाकाे परिवर्तन र विकास माओबादी पार्टीबाट मात्रै सम्भव भएकाे बताएका थिए। कार्यक्रममा पार्टीका अन्य नेताहरू केन्द्रीय सदस्य कालि चलाउने,पूर्व प्रदेश मन्त्री विरवहादुर शाही,वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशकी भाैतिक पूर्वाधार राज्यमन्त्री उर्मिला विश्वकर्मा,वैकल्पिक केन्द्रीय सदस्य ग्याल्पाे थापा भाेटे,पार्टी सचिव दत्त शाही लगाएत अन्य नेता कार्यकर्ताकाे पनि सहभागिता रहेकाे थियाे।
नेता केसी जिल्लामा सामाजिक अभियान्ता,कानुनि सल्लाकार र समाजसेवीका रूपमा परिचित छन्।


















