काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
उनीहरूबीच राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।अध्यक्ष ओलीले बालुवाटार जानुअघि संघीय संसद भवन बाहिर पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने बताएका थिए। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ।नेपाली कांग्रेससहितले भने चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन्।