spot_img

प्रदेशको नाम किराँत लिम्बू वा सगरमाथा पहिचानको प्रस्ताव अस्वीकृत भएपछि बैठकमा धरधरी रोइन् मन्त्री लिम्बू

spot_img

प्रदेश १ को नामाकरणका लागि दर्ता भएको पहिचानसहितको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि जसपाकी सांसद निर्मला लिम्बू सभामा धरधरी रोइन् । प्रदेश १ सभामा विपक्षी दल एकीकृत समाजवादी समेतले पहिचानसहित प्रदेशको नाम किराँत लिम्बू वा सगरमाथा हुनुपर्ने भन्दै सचिवालयमा दर्ता गराएर संसदको बैठकमा टेबल गराएको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सांसद लिम्बू रोएकी हुन् ।

प्रस्ताव अस्वीकृत भएपछि सत्ताधारी दल एमालेले दर्ता गराएको कोसी प्रदेशसम्बन्धी प्रस्ताव बहुमतले सैद्धान्तिक छलफलका लागि स्वीकृत भएको थियो । सैद्धान्तिक छलफलमा बोल्ने क्रममा जसपाकी सांसद तथा वर्तमान सरकारकी स्वाथ्यमन्त्री लिम्बूले पीडा लुकाउन सकिनन् । सबैको हक अधिकारको सम्मान हुन नसकेको र आफूले जनतासँग गरेको बाचा पूरा गर्न नसकेको भन्दै उनी भक्कानिएकी थिइन् ।

उनले पहिचानको पक्षमा नामाकरण हुन नसक्नु बिडम्बना भएको भन्दै व्यक्तिगत जीवन छाडेर राजनीतिमा आएकोमा आत्माआलोचना गरिन । सैद्धान्तिक छलफलमा बोल्ने क्रममा रोष्ट्रममा पुगेकी सांसद लिम्बूले रुँदै भनिन्, ‘म आफ्नो व्यक्तिगत जीवन छाडेर अधिकारका लागि राजनीतिमा लागेँ, विडम्बना जनतासँग गरेको बाचा पूरा गर्न सकिनँ । मैले पहिचानको विषय नउठाएको भए पनि हुनेरहेछ, म सबैसँग माफि माग्न चाहन्छु ।’

प्रदेश १ सरकारको नेतृत्व गरिरहेको एमालेले कोसी प्रदेश नाम राख्ने गरी प्रदेश सभामा प्रस्ताव दर्ता गराएपछि प्रदेश सभामा त्यसमाथि छलफल चलिरहेको छ । सैद्धान्तिक छलफल सकिएर दुई घण्टाका लागि बैठक स्थगित भएको छ । पुनः सुरु हुने बैठकमा मतदान प्रक्रियाबाट प्रदेशको नामकरण टुंगो लगाउने कार्यतालिका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img