spot_img

आजबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग शुरू हुँदैः१४ क्लबको सहभागिता रहने

spot_img

काठमाण्डौं,शहिद स्मारक ‘ए’ डिभिजन लिग आज (शुक्रबार) बाट शुरु हुँदैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगका खेलहरु दशरथ रंगशालासँगै च्यासल ग्राउण्ड र एन्फा ग्राउण्डमा पनि हुनेछ ।

आज उद्घाटन खेलमा नवप्रवेशी क्लब खुमलटार एफसीले फ्रेण्ड्स क्लबसँग खेल्नेछ । खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट शुरु हुनेछ । लिगको पूर्वसन्धयामा खुमलटारका कप्तान रेजिन सुब्बाले क्लबमा नयाँ र अनुभवी खेलाडीको मिश्रण रहेकोले नतिजा उन्मुख टोलि तयार भएको प्रतिक्रिया दिएका छन् ।

यस्तै फ्रेण्ड्सका कप्तान प्रकाश बुढाथोकीले पहिलो खेलको नतिजाले क्लबको लक्ष्य निर्धारण गर्ने प्रतिक्रिया दिएका छन् । उनले पहिलो खेलमा जित निकाल्ने प्रयास रहने समेत बताए । लिगमा कुल १८२ वटा खेल हुनेछन् । १४ क्लबको सहभागिता रहने लिग च्याम्पियनले ७५ लाख नगद र ट्रफि हात पार्नेछ ।

एन्फाले लिग हेर्नका लागि दर्शकहरुका निम्ति भिआइपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ एकसय रुपैयाँ टिकट दर निर्धारण गरेको छ । लिगको मार्केटिङ्ग, टिकेटिङ्ग र ब्रोडकास्ट अधिकार एमडीएसी स्पोर्टस्ले लिएको छ भने खेलको प्रत्यक्ष प्रसारण स्पेस फोर के टेलिभिजनबाट हुने बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img