spot_img

तेस्रो डोल्पो गोल्ड कप भव्य रूपमा सम्पन्नःपुरूष र महिला दुवै उपाधि ताराप एफसीलाइ,उचाले ट्रफि सहित १ लाख वरावरकाे नगद पुरस्कार

spot_img

रूपक कुलाल,काठमाडौँ

डोल्पो फुटवल क्लवले काठमाडौँमा आयोजना गरेकाे डोल्पा जिल्ला स्तरिय फुटसल लिग भब्य रूपमा सम्पन्न भएकाे छ। फागुन १८ गते विहीवार देखि शनिवार सम्म चलेकाे प्रतियाेगिताकाे उपाधि पुरूष तर्फ ताराप एफसी र महिला तर्फ समेत ताराप एफसीले उचालेकाे छ। विजेता बनेकाे ताराप पुरूष टिमले ट्रफि सहित ७७ हजार ७ सय ७७ रूपैँया प्राप्त गरेकाे छ भने महिला ताराप टिमले ट्रफि सहित ३३ हजार ३ सय ३३ सहित दुइ टिम गरेर १ लाख भन्दा बढिकाे नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

उपविजेता समेत पुरूष र महिलामा समेत दुवै मुकपाेराेङ्ग एफसी बनेकाे छ। उपविजेता पुरूष टिमले ट्रफि सहित ३३ हजार ३ सय ३३ रूपैँया नगद प्राप्त गरेकाे छ भने महिला टिमले ट्रफि सहित ११ हजार १ सय ११ नगद प्राप्त गर्न सफल भएकाे छ।

प्रतियाेगिताकाे फेयर प्ले टिम पुरूष तर्फ ताङसाेङ एफसी र महिला तर्फ टिम जगदुल्ला बन्न सफल भयाे। प्रतियाेगितामा टप स्काेरर पुरूष तर्फ टिम तारापका यिसी फुन्छाेक र काइके बी टिमका भिम प्रसाद दुवै जना बन्न सफल भए । यस्तै महिला तर्फकाे टप स्काेरर टिम जगदुल्लाकी याङ्छेन राेकाया र टिम मुकपाेरङ्गकी उर्गेन राङ्गमाे बन्न सफल भइन। प्रतियाेगिताकाे उत्कृष्ट गाेलकिप्पर टिम तारापका छिरिङ्ग ढुङ्डुप र महिला तर्फ समेत टिम तारापकै ढावा साङ्गमाे बन्न सफल भए।

प्रतियोगिताका लागि डाेल्पा जिल्लाभरबाट २० पुरूष टिम र ५ महिला टिमको सहभागिता रहेको थियाे। प्रतियाेगिता भव्य रूपमा समापन भएकाे आयोजक टिमका अध्यक्ष भुचुङ्गले जानकारि दिए। उनले थपे खेलकुद स्वास्थ्यका लागि मात्र नभइ डाेल्पावासीकाे अापसी मित्रता बढाेस् र डाेल्पकाे खेलकुद विकासमा टेवा पुर्याइ निकट भविष्यमा डाेल्पाबाट राष्ट्रियस्तरका खेलाडी उत्पाद गर्न सहयाेग पुगाेस् भने अपेक्षा छ।

प्रतियाेगिताकाे उद्घाटन र समापन कार्यक्रममा उपल्लाे डाेल्पाका बाैँद्द धर्म गुरूहरू,जगदुल्ला,शे-फाेक्सुण्डाे,डाेल्पाेबुद्द,छार्काताङसाेङ गाउँपालिका अध्यक्षहरू,एन्फाका पदाधिकारी, राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी,अन्य विशिष्ठ अतिथिहरू लगाएत,प्रतियाेगितामा सहभागि पुरूष र महिला खेलाडीहरू,खेलप्रेमी देखि डाेल्पाका स्थानीयवासीहरूकाे वाक्लाे उपस्थिति रहेकाे थियाे। प्रतियोगितामा एन्फाका रेफ्रिले खेलाए समेत आयोजकले जनाएको छ। प्रतियाेगितामा मिडीया पाट्नर इमान्दार खवर रहेको थियाे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img