spot_img

र्‍यापर भिटेनलाई फेरी खोज्दै प्रहरी

spot_img

काठमाडौं,एक वर्षअघि ¥यापर भिटेन उर्फ समिर घिसिङ पक्राउ परे । उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको ¥यापमा छाडा शब्द प्रयोग गरेको र प्रहरीको बर्दी दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि कतिलेप्रहरीले राम्रो काम गरेको भन्दै तारिफ गरे भने कतिले उनलाई पक्राउ गर्न नहुने भन्दै विरोध गरे । पक्राउ परेका भिटेनलाई केही दिन हिरासतमा राखेपछि प्रहरीले आइन्दा गीतमा छाडा शब्द प्रयोग नगर्ने सहमतिमा छाडेको थियो ।

प्रहरी हिरासतबाट छुटेपछि उनले मिडियामा अन्तर्वार्ता दिँदै आफूलाई अपराधीको शैलीमा प्रहरीले पक्राउ गरेको बताएका थिए ।

सार्वजनिक रुपमा या सामाजिक सञ्जालबाट भने उनले यसबारेमा कुनै प्रतिक्रिया दिएनन् । गीतमा बाहेक बाहिरी जीवनमा हेर्ने हो भने भिटेन समझदार र भद्र देखिन्छन् । विभिन्न अन्तर्वार्तामा भिटेनको प्रस्तुतिले तारिफ कमाउने गर्छ । एक अन्तर्वार्ताका क्रममा भिटेनले आफू पक्राउ परेको कुरालाई गीतबाट नै जवाफ दिने बताएका थिए ।

भिटेनले प्रहरीलाई गीतबाटै काउन्टर दिएका छन् ।

उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको ¥यापमा भिटेनले प्रहरीको दमन र हिरासतमा आफू परेको घटनालाई सांकेतिक रुपमा प्रस्तुत गरेका छन् । साथै, उनले ¥याप यस्तै हुने भन्दै पुनः छाडा शब्द गीतमा प्रयोग गरेका छन् । म्युजिक भिडियोको एक दृश्यमा प्रहरीको गाडीमा आगो लगाएको समेत देखाइएको छ ।

गीतमा भिटेनले प्रहरीलाई डन्ठे भनेका छन् भने लागुपदार्थ सेवन गर्नेलाई ‘तोप तानेको’ भनेका छन् । ¥यापमार्फत भिटेनले आफू प्रहरी हिरासतमा रहे पनि आफ्नो पारा उस्तै भएको सन्देश दिन खोजेका छन् ।

रमाइलो कुरा त के छ भने उक्त ¥याप गीतमा सकारात्मक कमेन्टको बाढी आएको छ । यता प्रहरी प्रधान कार्यालयले भने भिटेनलाई गीतमा छाडा शब्द प्रयोग गरेको भन्दै साइबर ब्युरोलाई पत्र लेखेको छ । प्रहरीले पत्र लेखेपछि भिटेनले युट्युबको नम्बर एक ट्रेन्डिङमा पुगेको उक्त गीत ‘मेम्बर अन्ली’ बनाएका छन् । उक्त गीत अहिले युट्युबमा बजाउन नमिल्ने बनाइएको छ ।

प्रहरीले ¥यापमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउन नसक्ने खालका भएकाले भिटेनलाई पक्राउ गरी सोधपुछ गरिने बताएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img