काठमाडाैँ,नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। १२ः३५ सम्म ६ सय तीन मत खसेको छ। जसमा प्रदेशतर्फ तीन सय ३६ र संघतर्फ दुई सय ६७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।
अन्तिम समयमा रास्वपाले रोज्यो रामचन्द्र
नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
यसअघि रास्वपाको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचनमा सांसदले स्वविवेकीय अधिकार प्रयोग गर्ने निर्णय गरेको थियो। तर, मतदानका दिन नौदलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको हो। यसअघि सांसदलाई मतदानमा निर्णय लिन स्वतन्त्र छोड्ने तय भएकोमा संसदीय दलको बैठकले संविधानमाथि प्रहार भएकाले रक्षाका लागि एकै ठाउँमा मतदान गर्ने निर्णय भएको एक नेताले बताए।
नयाँ राष्ट्रपति चयनका लागि बिहान १० देखि मतदान जारी छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।
मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गरिनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।