काठमाडाैँ, सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने आठ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य ताेलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो हिजोको मूल्य भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।